सुर्य भुसाल, अर्घाखाँचीडट्कम
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकले जस्तोसुकै हिन्सा गर्ने जो सुकै भएपनि राज्यले छुट दिन नहुने बताउनु भएको छ ।
लैिङ्गक हिन्सा बिरुद्ध बिधालय स्तरिय कार्यक्रमको रबिचित्र माध्यमिक बिधालय हटारि नेटामा बल्दै हिन्सा मुक्त नगरपालिका बनाउनका लागि व्यापक प्रचारप्रसार गर्ने र नगरपालिका बाट त्यस्ता खालका अभियानलाई अाबश्यक सहयोग गर्ने बताउनु भयो ।
उहाले बिधार्थिहरु ले पढाईको अलवा अतिरिक्त किर्याकलापमा भागलिनु पर्ने बताउदै अाजका बिधार्थि भोलिका यो मुलुकका कणरधार भएको बताउनु भयो । उहाले कुनै पनि प्रकारको हिन्साहुन नदिनका लागि सबै टोलछिमेक नागरिक समाज सरोकारवाला सचेत बनेमा हिन्साको अन्त्य हुने दाबि गर्नु भयो ।
फरक प्रसगमा उपप्रमुख बिकले जनताले गुनासो अाउने खालका कुनै पनि काम नगर्न कर्मचारी तथा सरोकारवाला हरुलाई निर्देसन दिएको बताउदै भष्टचारलाई सुन्यमा पुराउने गरि पार्दसिता सुसासन कायम हुने गरि भष्टचार अनियमिता मुक्त नगरपालिका बनाउने अाफ्नो योजनालाई साथ नदिने जोकोहीलाई पनि कार्बाहि गर्न अाफु हरु पछाडि नपर्ने बताउनु भएको हो ।
कार्यक्रममा वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे नगरपालिका का योजना अधिकृत गोबिन्द केसि श्रोत ब्यक्ति चेतनारायण बेल्बासे वार्ड सदस्य सुमित्रा मुखिया लगाएतले मन्तब्य राख्नु भएको थियो ।