ज्योति लाइफ इन्स्योरेन्सको सन्धिखर्कमा एक दिने अभिकर्ता आधारभुत तालिम सम्पन्न

श्याम घिमिरे 

मंसिर २२ अर्घाखाँची  – ज्योति लाइफ इन्स्योरेन्सको आयोजनामा सन्धिखर्कमा एक दिने अभिकर्ता आधारभुत तालिम सनिबार सम्पन्न भएको छ । 
अर्घाखाँची शाखा इन्चार्ज कृष्ण प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मनतब्य राख्दै बुटवल साखा प्रमुख सुर्य प्रसाद रिजालले नेपालमा बिमाको स्थिती बारे प्रकाश पार्नु भएको हो । 
यस्तै रिजालले ज्योती लाइफले विभिन्न किसिमका प्राणघातक रोग लागेमा बिमान्क बराबरको रकम उपलब्ध गराउने भएको हुदा कम्पनिमा ढुक्क भएर बिमा गर्न सबैलाई अनुरोध समेत गर्नु भएको हो । ४० जना अभिकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले बिमा गर्नु, अनिवार्य बचत तथा सुरक्षा भएको बताएका थिए ।

अन्य समाचारहरु