राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल बुद्धिविबि संघ अर्घाखाँचीको पाँचौ जिल्ला भेला सन्धिखर्कमा सम्पन्न

श्याम घिमिरे 
मंसीर २३ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल बुद्धिविबि संघ अर्घाखाँचीको पाँचौ जिल्ला भेला सनिबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । 
भेलाले नरेन्द्र बहादुर थापाको अध्यक्षतामा ११ पुर्ण र ५ बैकल्पीकगरी १६ सदस्यीय जिल्ला समितिको समेत चयन गरेको छ । जसको उपाध्यक्षमा पिताम्बर बन्जाडे,सचिब शिबहरी भट्टराई,सहसचिब सुन्दरा थापा र कोषाध्यक्षमा टेकबहादुर थापा चयन हुनु भएको छ ।
यस्तै भेलाले ५ सदस्यीय सल्लाहकार समितिको पनी गठन गरेको संघले जनाएको छ । संघका केन्द्रीय सदस्य जिबनारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजमो नेताहरु शेरबहादुर बिसी,सागर केसी,थम्मन केसी,यमलाल पोख्रेल,कल्पना पोख्रेल शिक्षक नेता शालीकराम भुसाल लगायतले शुभकामना मनतब्य राख्दै देशको नितिनिर्माण लगायतका कामहरुमा बुद्धिजिबिहरुको उल्लेखनिय भुमिका रहेको बताउनु भएको थियो । 
कार्यक्रम संघका जिल्ला अध्यक्ष पिताम्बर भट्टराईको अध्यक्षता,शिबहरी भट्टराईको स्वागत मनतब्य र टेकबहादुर थापाको सन्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु