श्याम घिमिरे
मंसिर २४ अर्घाखाँची – राष्ट्रिय तेकवान्दो संघ नेपाल अर्घाखाँचीको आयोजनामा तेकवान्दो दोजाङ्ग अर्घाखाँचीका प्रशिक्षार्थीहरुलाई जुनियर तथा कलर बेल्ट ग्रेडिङ्ग कार्यक्रम सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले खेल क्षेत्रको बिकासले समग्र देश निर्माणमा टेबापुग्ने भन्दै यसको संरक्षमा सबैको चासो जानुपर्ने कुरामा जोड दिनु भयो । खेलकुदको माध्यबाट राष्ट्रलाई अन्र्तराष्ट्रिय जगतमा चिनाउन नेपाली खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै खेलाडीको सम्मान गर्नु पर्ने बताउनु भयो ।
जिल्ला तेकवान्दो संघका उपाध्यक्ष साजन वलीको अध्यक्षता,रीषीकेश भट्टराईको स्वागत मनतब्य र जनक गैरैको सन्चालनमा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक, राष्ट्रिय तेकवान्दो संघका केन्द्रीय सदस्य रामबहादुर सुनार, सनपा २ का वार्डअध्यक्ष मोतिजंग रायमाझी, सनपा १ का वार्डअध्यक्ष युबराज बन्जाडे,अभिभाबक खेम घर्ति,तिलक भुसाल,रीषीकेश भट्टराई, अशोक भुसाल लगायतले शुभकामना मनतब्य राख्नु भएको तेकवान्दो दोजाङ्ग अर्घाखाँचीका प्रमुख प्रशिक्षक प्रेम आलेले जानकारी दिनुभयो ।