अर्घाखाँचीडट्कम्
मंसिर २५ अर्घाखाँची – सन्धिखर्क नगरपालिका तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना यु एन यफ पि य र आड्रा नेपाल को सहयोगमा लैङ्िगक हिंसा बिरूद्धको १६ दिने अभियानको समिक्षा तथा समापन गरिएको छ । समीक्षा तथा समापन कार्यक्रममा नगरपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ ।
लैङ्िगक हिंसा र दुर्व्यवहार, छैन हामिलाई स्विकार भन्ने बिषयमा भएको प्रतियोगिता मा सन्धिखर्क नगरपालिका भित्रका ११ विद्यालयको सहभागिता रहेको थियो । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा को रहेको थियो ।
प्रतियोगितामा युवा वर्ष रबिचित्र मा वि सन्धिखर्कका शन्देस वाग्ले प्रथम ,ज्ञान प्रकाश मा विका विकास बस्याल द्वितीय ,भगवती मावि सन्धिखर्क संखेटारिका एन्जिला भुसाल त्रितिय र शान्तोना स्थान सन्धिखर्क ग्रिन वोर्डिङ स्कुलकी सुभेच्छा खनालले प्राप्त गरेका हुन ।
यस्तै कार्यक्रममा ७०औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको बारेमा पनि चर्चा गरीएको थियो । जिल्ला स्थित मानव अधिकार तथा लैङ्िगक हिंसाका बिषयमा मानव अधिकारबादि संस्था ईन्सेक प्रतिनिधि नारायण भुसालले सहजिकरण गर्नु भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, प्रजिअ प्रेमलाल लामिछाने महिला अधिकार कर्मी विष्णु आचार्य लगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भयको थियो । १६दिने अभियानको संक्षिप्त प्रतिवेदन महिला शाखा प्रमुख बेलकुमारि परियारले प्रस्तुत गर्नु भयको थियो । कार्यक्रम निमित्त प्रमुख प्रशासकिय अधिकृत गोबिन्द केसिको स्बागत मनतब्य र श्रोत ब्यक्ति युबराज भुसालको सन्चालनमा सम्पन्न भएको हो ।