अर्घाखाँचीडट्कम
मंसिर २५ अर्घाखाँची – मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले सोमबार अन्तराष्ट्रिय मानव अधिकार दिवस को अबसर मा जिल्ला कारागार मा रहेका कैदि बन्दी हरुलाई फलफूल वितरण तथा कारागार परिसर मा मानव अधिकार सम्बन्धि अन्तक्रिर्या कार्यक्रम गरेको छ ।
कारागार मा कैद भोगिरहेका कैदि बन्दीहरुको संवैधानिक र कानुनी अधिकारको अबस्था के कस्तो रहेको छ भन्ने विषयमा कार्यक्रम सम्पन्न भएको हो । मुद्दामा उनिहरुले गरेको अपराधको सजाय हुने कानुनी व्यवस्था भयपनी उनीहरु पनि मानव भएका नाताले मानवीय व्यवहार गर्नुपर्ने र सुधार गृहका रूपमा लिइने कारागारका बन्दीहरुलाई संविधान तथा मानव अधिकारले दिएको अधिकार उपभोग गर्न पाउनु पर्ने वक्ताहरु ले बताए का थिए ।
कार्यक्रम मा कारागार कार्यलय अर्घाखाँची का प्रमुख कृष्ण प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक गम्भीर जङ्ग थापा, मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची का सभापति अशोक पौडेल ,पत्रकार महासंघ ५ नम्बर प्रदेश सदस्य प्रेमनारायण आचार्य , पत्रकार महासंघ अर्घाखाँचीका सचिव सुर्य प्रसाद भुसाल , कोषाघ्यक्ष विनोद गैरे , मानव अधिकार तथा शान्ति समाजका कोषाघ्यक्ष रुद्रमणि भुसाल सदस्य हरु घनश्याम पौडेल भानु पराजुली , कृष्ण परियार पत्रकार अर्जुन भुसाल अनिल नेपाली लगायत को उपस्थित रहेको थियो ।