मालारानी गाउँपालिकाले केही दिनमै अपाङ्गता परिचय पत्र बितरण गर्ने पालिका अध्यक्ष आचार्यको भनाई

नबिन के.सी
अर्घाखाँची – गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्याक्तिहरुलाई परिचय पत्र बितरणको कार्य रोकिएको हुदाँ अब उक्त कार्यबिधी समेत पास भएकोले छिट्टै परिचय पत्र बितरण कार्य सुरुवात गरिने मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । 
मालारानी गाउँपालिका भित्रका जंगलहरुमा चिया खेती गर्नको लागी केन्द्र सरकार संग सहमती माग गर्ने समेत निर्णय भएको आचार्यले बताउनु भयो । यस संगै समयमानै योजना समझौता नगर्ने योजनाहरु टेण्डर प्रक्रियमा लगेर काम गर्ने हुदाँ समयमानै योजना समझौता गर्न आग्रह गर्नु भएको छ । मालारानी गाउँ कार्यपालिकाले शिक्षा कार्यबिधि  पारित गरेको छ । 
यस संगै शिक्षक दरबन्दी सम्बन्धी समस्याको समधान हुने मालारानी गाउँपालिकाका शिक्षा अधिकृत रमेश पन्थीले बताउनु भयो ।    

अन्य समाचारहरु