शालिकबाबु पोख्रेल
मंसिर २६ अर्घाखाँची – सन्धिखर्क ८ किमडाँडामा रहेको जनता आधारभुत बिद्यालय नेपालीचौरले एक कार्यक्रमका बिच नतिजा प्रकाशन तथा अभिभावक भेला सम्पन्न गरेको छ !
यस बर्ष संचालन भएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा बिद्यालयले आज प्रकाशन गरेको हो! नतिजा प्रकाशन तथा अभिभावक भेला कार्यक्रममा मन्तव्य राख्दै शिक्षाप्रेमि तथा बुद्दिजिबी पिताम्बर बन्जाडेले बिद्यार्थीको शैक्षिक भबिस्य कागजि अङ्कमा मात्र सिमित नभएर सर्बपक्षिय कृयाकलापमा आधारित हुनुपर्ने कुरामा जोड दिनुभयो !
उहाँले बिद्यार्थिको सर्बाङ्गिण बिकास किताबी कुराले मात्रै पूरा नहुने हुदा नैतिक,साँस्कृतिक जस्ता ब्यबहारिक शिक्षाको पनि खाँचो रहेको औल्याउनुभयो ! यस्तै बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष शिबप्रसाद पोख्रेलले शिक्षा नै बिकासको आधार भएकोले विद्यार्थीको शैक्षिक भबिस्यमाथी खेलवाड नगरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो ! यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष पुस्करनाथ बन्जाडेले शिक्षा भनेको सिकाइ भएकोले बिद्यार्थिको सिकाइ ब्यबहारिक रुपमा पनि देखिनुपर्ने धारण राख्नु भयो !
कार्यक्रममा शिक्षाप्रेमी रामचन्द्र पोख्रेल, कमला बन्जाडे,बालबहादुर कुमाल लगायतका बक्ताहरुले मन्तब्य राख्नुभएको थियो ! कार्यक्रममा शिक्षक केशबराज पोख्रेलले परिक्षाको नतिजामाथि प्रकाश पार्दै बिद्यालयमा मात्रै नभएर घरमा पनि शैक्षिक बाताबरण बनाइदिन आग्रह गर्नुभयो भने बिद्यालयका प्र.अ कमलप्रसाद गैरैले बिद्यालयको आर्थिक आयव्याय प्रस्तुत गर्दै बिद्यालयको शैक्षिक बिकासका लागि आफुहरु गुणस्तरिय शिक्षा प्रदान गर्न हरदम तत्पर रहेको उल्लेख गर्नुभयो ! कार्यक्रम बिद्यालयका प्रधानाध्यापक कमलप्रसाद गैरेको अध्यक्षता, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष शिबप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र शिक्षिका गिता बेल्बासेको संचालनमा सम्पन्न भएको हो !