मेलिना सिंह ठकुरी
मंसिर २६ अर्घाखाँची –सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसाथ गर्दै सन्धिखर्क नगरपालिका वडा नं १ पटुवाथुम निवासी दुबै मृगौला फेल भएर काठमाडौंमा उपचार गराउदै आएकी रन्जना बिकको उपचारको लागि नगद सहयोग गरिएको छ ।
रञ्जनाको आर्थिक स्थिति कमजोर हुदा उनको उपचार गर्न घरपरिवारलाई समस्या परिरहेको अबस्थामा पाणिनी बहुमुखी क्याम्पसका विधार्थी र प्रध्यापकहरुबाट आर्थिक सहयोग उठाई नगद रु १५ हजार एक कार्यक्रम बिच अभियान कर्मी निरज श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । एकजनाले मात्र सहयोग गर्दा धेरै पर्ने तर सबै विद्यार्थी र प्रध्यापकले थोरै थोरै उठाएर १५ हजार रकम पु¥याएको स्ववियु सभापति लक्ष्मण खड्काले बताउनुभयो ।
सानो सहयोगले पनि धेरै ठुलो भुमिका निर्वाह गर्ने हुदा आफुले रञ्जनाको उपचारको लागि अभियान चलाएको निरज श्रेष्ठले बताए ।