प्रेमनारायण आचार्य
मंसिर २८ अर्घख्गंची – नेपाल विद्यार्थी संघले युवावर्ष जनाता रविचित्र माध्यामिक विद्यालय, हटारीनेटामा नयाँ नेतृत्व चयन गरेको छ ।
मनिष भुसालको सभापतित्वमा १९ सदस्यीय नेविसंघ युवावर्ष जनाता रविचित्र माध्यामिक विद्यालय ईकाइ कमिटी गठन भएको हो । जस्को उपाध्यक्षमा सागर मुखिया रहनुभएको छ । त्यस्तै सचिवमा संगिता विश्वकर्मा,सहसचिवमा संजु गिरी, वर्षा आचार्य, कोषाध्यक्षमा मदन रानाभाट सदस्यहरुमा कविता पौडेल,सर्मिला पान्डे, प्रतिमा मुखिया, तिर्सना आचार्य, अस्मिता बस्नेत लगायत रहनु भएको छ ।
कार्यक्रममा नेविसंघका जिल्ला उपाध्यक्ष सुरज रायमाझीले संगठनको उद्येश्य बारे प्रकाश पार्नु भएको थियो । स्वागत मन्तव्य राख्दै नेविसंघका जिल्ला सदस्य एवं बुटवल बहुमुखी क्याम्पसका उपाध्यक्ष लक्ष्मण घिमिरेले नेविसंघको इतिहास र संगठनको महत्वबारे बोल्नुभएको थियो । कार्यक्रममा नेपाल तरुण दलका सन्धिखर्क नगर अध्यक्ष जमसेर मियाँले विद्यार्थी भोलीका कर्णधार भएकाले हरेक कुरामा जागृक हुन जरुरी रहेको औल्याउनु भयो । कार्यक्रममा पाणिनी बहुमुखी क्याम्पसका अध्यक्ष अनिशा शाही ठकुरी, पाणिनी बहुमुखी कयाम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव बर्जना खनाल, नेविसंघका नेता मेलिना सिंह ठकुरी लगायत १ सय २० विद्यार्थीको उपस्थीती रहेको थियो ।
कार्यक्रम नेविसंघ सन्धिखर्क नगर कमिटी अध्यक्ष भरतमणि भट्टराईको अध्यक्षता र पाणिनी बहुमुखी कयाम्पस स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलको संचालनमा सम्पन्न भएको हो ।
यसैबिच नेपाल विद्यार्थी संघले पाणिनी गाँउपालिका–७,अड्गुरी स्थित शिव मदन माध्यामिक विद्यालयमा नयाँ नेतृत्व चयन गरेको छ । राजेन्द्र रायमाझीको सभापतित्वमा १९ सदस्यीय नेविसंघ शिव मदन माध्यामिक विद्यालय ईकाइ कमिटी गठन भएको हो । जस्को उपाध्यक्षमा सरोज परियार र सविना सुनार रहनुभएको छ ।
त्यस्तै सचिवमा भिमा पल्ली,प्रकाश कुँवर सहसचिवमा अनिशा परियार, कोषाध्यक्षमा सागर टन्डन, सदस्यहरुमा अन्जना परियार, संगिता पल्ली, बिपना थापा,हेमन्त खड्का,उर्मिला अधिकारी लगायत रहनु भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेविसंघका जिल्ला सदस्य एवं बुटवल बहुमुखी क्याम्पसका उपाध्यक्ष लक्ष्मण घिमिरेले संगठनको आवश्यक्ता र महत्वबारे प्रकाश पार्नुभएको थियो । विद्यार्थि आन्दोलनले देशमा थुप्रै किसीमका परिवर्तनहरु आएको भन्दै नेविसंघको इतिहास त्यस्को साक्षि रहेको उहाँको भनाई थियो । कार्यक्रम नेविसंघ पाणिनी गाँउपालिका अध्यक्ष हिरामणि घिमिरेको अध्यक्षता, राजेन्द्र रायमाझीको स्वागत मन्तव्य र पाणिनी बहुमुखी क्याम्पस स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलको संचालनमा सम्पन्न भएको हो ।
यस्तै नेपाल विद्यार्थी संघले ज्योती बहुमुखी क्याम्पस, ठाडामा पनी नयाँ नेतृत्व चयन गरेको छ । बाबुराम सापकोटाको सभापतित्वमा १५ सदस्यीय नेविसंघ ज्योती बहुमुखी क्याम्पस ईकाइ कमिटी गठन भएको हो । जस्को उपाध्यक्षमा राधिका खनाल, सचिवमा दिपिका बेल्बासे, सहसचिवमा बिष्णु विश्वकर्मा, कोषाध्यक्षमा सिता पौडेल सदस्यहरुमा शोभा अधिकारी,पवित्रा बेल्बासे, बिष्णु विश्वकर्मा, समिक्षा बेल्बासे, विजय आचार्य,बिमला जिसी, नर्मदा अधिकारी, किरण पौडेल, गोमा बेल्बासे, काँशीनाथ अधिकारी रहनु भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी नेपाली कंग्रेसका जिल्ला सदस्य कुमार केशव सिंह बेल्बासेले विद्यार्थीहरु अनुशासित र जिज्ञासु हुनुपर्ने बताउनु भयो । विद्यार्थीले देशका परिवर्तनमा खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँले एकपटक नेविसंघको इतिहास पल्टाएर हेर्न आग्रह गर्नुभयो ।कार्यक्रम नेविसंघ क्षेत्र नम्बर–२ का उपाध्यक्ष डिआर बेल्बासेको अध्यक्षता, दिपिका बेल्बासेको स्वागत मन्तव्य र कुसुम थापाको संचालनमा सम्पन्न भएको हो । जिल्ला अधिवेशन नजिकिएसंगै नेविसंघ,अर्घाखाँचीले आफ्ना गतिविधी अँगाडी बढाएको छ । नेविसंघको जिल्ला अधिवेशन आउँदो पौष ९ गते सन्धिखर्कमा हुँदैछ ।