लक्ष्मण घिमिरे
सन्धिखर्क । अर्घाखाँचीमा पानी परेसंगै जाडो बढेको छ । अर्घाखाँचीमा चिसो बढेको हो । देशका केही स्थानको तापक्रम शून्यमै झरेको छ भने अधिकांश स्थानको न्यूनतम तापक्रम १० भन्दा कम छ ।
अर्घाखाँचीमा घाम लागेको छैन भने हल्का पानी परीरहेको छ । जसका कारण तुलनात्मक रुपमा चिसो बढेको छ ।
चिसोबाट जोगिन र चिसोका कारण हुने रोगबाट बँच्न डक्टरहरुको सुझाव छ ।
न्यानो कपडा लगाउन, बालबच्चालाई न्यानोमा राख्न, तातो पानी पिउन, सुत्दा पर्याप्त कपडा ओढ्न तथा तातो र झोलिलो खानेकुरा खान डक्टरहरुले सुझाव दिएका छन ।