नुवाकोटको दुप्चेश्वर घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुँदा कम्तीमा डेढ दर्जन यात्रीको मृत्यु

news
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा कम्तीमा डेढ दर्जन यात्रीको मृत्यु भएको छ ।
शिखरबेसीबाट दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको बा३३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।
घटनास्थलबाट स्थानीय र प्रहरीले १८ ओटा शव निकालेको र १७ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।
शिखरबेसीमा तामाङ समुदायको घेवामा सहभागी भएर फर्कंदै गरेकाहरु चढेको मिनिट्रक कच्चीसडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ ।
घटनास्थल सदरमुकाम विदुरबाट तीन घन्टाको पैदलदूरीमा रहेको छ । इमेजखबरमा समाचार छ ।