मुक्तिनाथ भुसाल
मंसिर २९ अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ९ स्थीत बिसमुरेमा प्राकृर्तिक गुफा फेला परेको छ । स्थानिय केशवराज अधिकारीको जमिनमा केही व्यस्कहरुले सानो प्वाल देखेपछि भित्र के रहेछ भन्दै जाने क्रममा गुफा फेला परेको हो । अत्यन्तै सुन्दर र एकैसाथ १० जना भित्र पस्न सकिने उक्त गुफामा गणेश, शिव, पार्वती,रिषिहरु प्रसस्तै आर्कषक शिलाहरु रहेका छन ।
बिसमुरेमा गुफा फेला परयो भन्ने सुईको पाउँना साथ सदरमुकामवाट एक टोली हिजो त्यहाँ पुगि गुफाको अवलोकन सहित एउटा कार्यक्रम समेत सम्पन्न गरेको छ । स्थानिय चेतवहादुर थापाको अध्यक्षता रहेको उक्त कार्यक्रमका प्रमुख अतिथी तथा हिन्दु जागरण अभियानका उपाध्यक्ष आतिश बिकले यो स्थानमा भगवान प्रकट हुनु भएको भन्दै हिन्दु धर्मको महत्वलाई आत्मसात गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा आफनो भनाई राख्ने क्रममा स्थानिय घनस्याम अधिकारी र सन्चारकर्मी मुक्तिनाथ भुसालले गुफाको महत्वलाई बुझेर संरक्षण तथा प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका थिए । स्थानिय दामोदर बेल्वासेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय पूर्ण वहादुर अधिकारी, डम्वर सिंह आले, हिन्दु जागरण अभियान अन्र्तगत युवा परिचालन समितीका सचिव बावुराम खत्री लगायत करिव ५० जनाको सहभागिता रहेको थियो ।