सन्धिखर्कमा राजमो निकट जातीय समता समाज अर्घाखाँचीको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

श्याम घिमिरे
 मंसीर २९ अर्घाखाँची- राजमो निकट जातीय समता समाज अर्घाखाँचीको आयोजनामा सनिबार सदरमुकाम सन्धिखर्कमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । छुवाछुतको अन्त्य गरौ,सामाजीक मर्यादाको लागी संघर्ष गरौ, सम्पुर्ण उत्पीडीत दलितजातीहरु एक हौं भन्ने मुल मर्म सहीत सम्पन्न प्रशिक्षणको समाजका केन्द्रीय सल्लाहकार राजेश बिकले सहजीकरण गर्नु भएको हो ।
प्रशिक्षणमा मनतब्य राख्दै बिकले समग्र दलितको हकहित र अधिकारका लागी सम्पुर्ण दलित समुदायहरु एक हुनुको बिकल्प नरहेको बताउनु भयो । नेपालका सबै खाले आन्दोलनमा दलित समुदायको उल्लेखनिय सहभागीता रहेको भन्दै बिकले दलितहरुमा गरीने सम्पुर्ण असमानताहरुलाई राज्यले निरुत्साहीत गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा राजमो नेता शेरबहादुर बिसी, बाबुराम सुनार, रामबसु लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रम समाजका अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता र राजु सुनारको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु