श्याम घिमिरे
मंसीर २९ सन्धिखर्क – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा छत्रदेव गाउँपालिकाको वडा नम्बर १ र २ मा सनिबार आमसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बसरथ वलीको अध्यक्षता, नजरदिन वलीको स्वागत मन्तव्य र गोकर्ण कुमालको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै राजमो नेता सागर केसीले नेपाल जस्तो देशमा संघियताको आवश्यकता नभएको बताउनु भयो ।
नेता केसीले संघियताले देशलाई टुक्राटुक्रा पारी विखण्डन तर्फ लैजाने हुनाले यसलाई खारेजी गर्नु पर्ने भएकोले यस कार्यमा सवैको सहयोग र सर्मथन हुनु पर्ने बताउनु भयो ।
लामो समयको संर्घषपछि जनाताले आफै संविधान बनाएको हुनाले यसलाई कार्यान्वयन गर्नको विकल्प नभएको भन्दै केसीले अहिलेको राज्य पुनःसंरचनाले जनताको आर्थिक न्यायलाई टाट पल्टाउने भएकोले यसबाट जनताले मुक्ति नपाउने भन्दै बर्गिय आन्दोलन बिना कुनैपनी आन्दोलन सम्पन्न नहुने कुरामा जोड समेत दिनुभयो ।
कार्यक्रममा राजमो नेताहरु सकुन्तला राना,गोपाल पौडेल,कुलराज खनाल,दिलदार हुसेन नेत्र गैरे लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा नेकपा पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रवेश समेत गरेको राजमोले जनाएको छ ।