
डिआरजी सुमन
अडगुरी,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं ७ अडगुरी आरुपाटामा रहेको भगवती आधारभूत विद्यालयले आफ्नो ५० औ स्थापना दिवस मनाएको छ । विक्रम सम्वत् २०२५ साल मंसीर २९ गते स्थापना भएको यस विद्यालयमा भौतिक संरचनाले सम्पन्न देखिएको छ ।
शिक्षाको शैक्षिक स्थितिमा पनि निकै उत्कृष्ट रहेको भएता पनि निजी स्रोतवाट विद्यालयका केही शिक्षकको तलव दिन पर्दा विद्यालय चरम आर्थिक समस्यामा रहेको हुदा यस समारोहले सहयोग गर्ने विस्वासका साथ यसरी अगाडी वढिएको विद्यालयका प्रधानाध्यापकले बताउनु भयो ।

स्वर्ण महोत्सवको दिन विद्यालयमा ५० हज़ार भन्दा धेरै सहयोग गर्ने सहयोग दातालाई पन्चेवाजाले सम्ममा गरिएको थियो । विद्यालयको सर्वांगीण विकासको लागी पनि यो कार्यक्रम आयोजना गर्नु परेको शिक्षक तिलक वेल्वासेले बताउनु भयो ।

पाणिनि कलाकार समाज अर्घाखाँचीका कलाकार टीमको वेजोड प्रस्तुति पनि रहेको थियो । राष्ट्रीय ख्याति प्राप्त लोक दोहोरी गायक टिकाराम गौतम,रुक्मिणा घिमिरे,कमला किरण विसी,मेनुका थापा,सितल गौतम लगायतको प्रस्तुति रहेको कार्यक्रममा उमेशहरी घिमिरे र कविता परियारको उत्कृष्ट नृत्य पनि प्रस्तुत गरिएको थियो ।

विद्यालयको स्वर्ण महोत्सव समारोहमा विद्यालयका विद्यार्थीहरुको नृत्यको पनि निकै उत्साह जनक थियो । विद्यालयको नाममा अक्षयकोष खडा गरेर काम गरिने विद्यालय व्यावस्थापन समिती अध्यक्षले वताउनु भयो ।

प्रदेश सांसद रामजी प्रसाद घिमिरेको प्रमुख आथित्यता,पाणिनी गाउ पालिका अध्यक्ष अच्युत गौतम,पाणिनी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत
जनकराज पन्थी,पालिका शिक्षा प्रमुख कृष्ण प्रसाद पोखरेल,शिक्षा विकास तथा समन्वय ईकाई प्रतिनिधि
चेत नारायण वेल्वासेको विशिष्ट आथित्यता, वडा नं ७ अध्यक्ष गुनाखर अधिकारी,वडा सदस्य,कलाकार,पत्रकार, स्थानिय समाजसेवीको आथित्यतामा सम्पन्न कार्यक्रम विद्यालय व्यावस्थापन समिती अध्यक्ष पुर्ण वहादुर टण्डनको अध्यक्षता शिक्षक तिलकराम वेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।





