सन्धिखर्कमा सेयर सदस्यको परिवारलाई राहत वितरण

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची पुस २ । साथी वचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कले दुर्घटनामा ज्यान गुमाएका सेयर सदस्यको परिवारलाई एक कार्यक्रमका बीच राहत वितरण गरेको छ । 
कार्तिक ६ गते जिप दुर्घटनामा ज्यान गुमाएका देउराली यातयात व्यवसायी समितिका चालक शेरबहादुर थापाको परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गरिएको हो । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले मृतककी श्रीमती कल्पना थापालाई एक लाख रुपैयाँ प्रदान गर्नुभएको हो । साथी सहकारीले शिखर लाइफ इन्स्योरेन्ससँग सहकार्य गरेर साथी सदस्य कल्याण कोष खडा गरेको छ । सोही कोषबाट पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको हो । 
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले साथी सहकारीले कल्याण कोष स्थापना गरेर सदस्यहरुलाई आइपर्ने जोखिमलाई हल गर्न मद्दत गरेको बताउनुभयो । उहाँले विभिन्न लोकप्रिय काम गरेर साथीले आफ्नो छविलाई उच्च बनाएको भन्दै प्रशंसा समेत व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, सन्धिखर्क २ की वडा सदस्य सुष्मा श्रेष्ठ, देउराली यातयात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र अर्घाखाँची ट्याक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्रकुमार भुसाल, लंका यातयात व्यवसायी समितिका महासचिव भेषबहादुर क्षेत्री, शिखर लाइफ इन्स्योरेन्सका शाखा प्रमुख लक्ष्मण केसी लगायतको आतिथ्यता रहेको थियो । 
कार्यक्रम सहकारीका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता, कार्यकारी निर्देशक प्रकाश भुसालको स्वागत मन्तव्य र सहकारीका सञ्चालक कृष्ण भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु