सन्धिखर्कमा युनाईटेड इन्स्योरेन्सद्धारा बीमाको रकम भुक्तानी

सन्धिखर्क, अर्घाखाँची पुस २ । युनाईटेड इन्स्योरेन्सले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई बीमाको रकम भुक्तानी गरेको छ ।   
 गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वार्ड नं. ३ निवासी जीप चालक शेर बहादुर थापाले लु. १ ज ३५०३ नम्बरको जीप सन्धिखर्कबाट हंशपुरका लागी लिइ जादै गरेको अवस्थामा मिति २०७५ कात्र्तीक ६ गते मालारानी गाउँपालिका वार्ड नं. ५ घाटखोला अर्घाखाँचीमा उक्त जीप दुर्घटना हुँदा घाइते भई उपचारको क्रममा निजको मूत्यु भए पश्चात निजकी श्रीमति कल्पना थापाले बीमा रकम दावी भुक्तानीका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिईन ।
     कम्पनिको नियमानुसार भुक्तान गर्नुपर्ने  जम्मा रकम रु. ५,००,०००÷– (अक्षेरुपी. पा“च लाख मात्र) को चेक एक कार्यक्रमका बीच अर्घाखाँची जिल्लाका सहायक प्र.जि.अ. विष्णु प्रसाद बेल्बासे, कम्पनिका अर्घाखाँची शाखा प्रमुख दिनानाथ गौतम र देउराली यातायात व्यवसायी समीति अध्यक्ष योगेन्द्र ब. खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 
उक्त कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स क.लि. का कार्यालय प्रमुख नारायण घिमिरे, प्रभु बंैक लि शाखा प्रमुख मनोहर पौडेल, मेगा बैंक लि का शाखा प्रमुख किरण घिमिरे, जनता बैंक लि शाखा प्रमुख दधिराम बेल्बासे लगाएतका विभिन्न संघ संस्थाका शाखा प्रमुख हरुका साथमा युनाइटेड इन्स्योरेन्स कम्पनिका कर्मचारीहरु सुदन खड्का र सुनिता क्षेत्रीको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु