अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वडा नं.२काे चुत्राबेसीमा घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीकाे अायाेजनामा १महिने ढाकाकाे लेडिज ब्याग तथा पर्स बनाउने तालिम सम्पन्न भएकाे छ ।
सन्धिखर्क नगरपालिका वडा नं .२का अध्यक्ष माेतिजङ्ग रायमाझी काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका का उप प्रमुख ठाकुर कुमार बि.क.किसाेर ले समृद्ध र सुखि परिवार बनाउन सबैले पेशा ब्यबसाय गर्नु पर्ने बताउनु भएकाे छ ।
उहाँले पेशाले मानव जीवन ब्यस्त रहन र सत् कर्ममा लाग्न प्रेरित गर्ने हुदा बिकृति काे अन्त्य हुने बताउनु भयाे ।उप प्रमुख किसाेरले नगरपालिकाले महिलाहरूकाे पक्षमा धेरै राम्रा कार्यक्रम ल्यायकाे बताउदै ती कतिपय कार्यक्रमकाे संयाेजन घरेलुले गर्ने बताउनु भयाे । तालिममा भुमिकास्थान ,मालारानि र सन्धिखर्क नगरपालिका १ र २ का महिला उद्धमिहरूकाे सहभागिता रहेकाे छ ।
तालिमकाे प्रशिक्षकमा घरेलु तथा साना उद्योग विकास समितिका चुल्लुराम चाैधरि ,र धर्म कुमारि पुन रहनु भएकाे छ। उक्त कार्यक्रमकाे सन्चालन वरिष्ठ उद्योग अधिकृत कमल सुतार कार्कि ले गर्नुभएकाे थियाे ।