खाचिकोट डिहिडाँडाका बालक अर्जुन बिकको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण (भिडियो तस्बिर सहित)
पौष ४ गते, २०७५ मा प्रकाशित
पहिलो प्रकासित मिती: (२०७५ पौष १, आइतवार)
प्रेम खड्का
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाचिकोटको डिहिडाँडाका कृष्ण बहादुर बिकका ११ वर्षिय छोरा अर्जुन बि. कको उपचारका लागि अर्घाखाँची समाज जापानले ५० हजार आर्थिक सहयोग गरेको छ ।
यस्तै अर्जुन बि. क बचाउ अभियानको लागि चेत बहादुर बिस्ट बिन्दुकला बिस्टबाट ७ हजार र कल्याणी सेवा नेपाल सन्धिखर्कबाट ३ हजार रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ ।
उक्त रकम अर्घाखाँची समाज जापानका अध्यक्ष नेत्र बिस्टले बिरामीका बुबा आमालाई हस्तान्तरण गरेका थिए ।
अर्जुनलाई लामो समयदेखि नाक मुख, गूदद्दारबाट रगत बग्ने समस्याबाट पीडित छन् । उनको आन्द्रोमा गाठो परेको र अपेरेशन गर्नुपर्ने डाक्टरहरुको भनाई छ ।
आर्थिक सहयोगपछि बिरामीलाई काठमाडौं लगिएको छ । सोको लागि निशुल्क टिकटको ब्यबस्थापन पश्चिम नेपाल बस ब्यबसायी संघले गरेको छ ।