प्रेमनारायण आचार्य
धारापानी,अर्घाखाँची (अर्घाखाँची डट्कम) जनचेतना सरोकार मञ्च अर्घाखाँचीको आयोजना र अक्सफार्म नेपालको सहयोगमा भुमिकास्थान नगरपालिकामा परियोजना क्षेत्र अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।
धारापानीको शसक्तिकरण महिला कृषि सहकारी सस्था र ढाकाबांगको जनचेतना महिला कृषि सहकारी सस्थामा गइ परियोजना क्षेत्र अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न भएको हो । अनुगमनको क्रममा सहकारीका अध्यक्ष, पदाधीकारी र ब्यबस्थापकहरुले आआफ्नो सहकारीले गरेका कामको बारेमा जानकारी गराएका थिए ।
९ महिना देखि धारापानीको शसक्तिकरण महिला कृषि सहकारी सस्था र ढाकाबांगको जनचेतना महिला कृषि सहकारी सस्थाले विदेसबाट पठाएको पैसा मात्र हैन, विद्युतको महसुल तिर्ने, मोवाइल रिचार्ज गर्ने, डिसहोर्मको रिचार्ज गर्ने जस्ता सेवा दिइरहेका छन ।
वैदेसिक रोजगारीमा गएका युवाहरुले कमाएको पैसा विलासिता र दैनि उपभोग्य सामाग्रीमा खर्च भएकोले उक्त रकम उत्पादन मुलक कार्यमा खर्च गर्नु पर्ने नगरपालिकाका नगर प्रमुख रेशम तापाले बताए ।
वैदेसिक रोजगारीमा गएका युवाहरुले आफ्नै गाँउमा उत्पादनमुलक काम गर्नु पर्ने अहिलेको अबश्यक्ता रहेको बताउदै स्वरोजगारकोलागि नगरपालिका सहयोग गर्न तयार रहेको बताए । अनुगमनमा भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल, वडा अध्यक्षहरु भोजराज खनाल, बुद्धिबहादुर थापा, बाबुराम पन्थी (सुनार), नारायण खनाल, नगरपालिकाका शा अधिकृत भोजराज ताम्राकार, कार्यक्रम हरिस्चन्द्र भुसाल, अक्सफार्म नेपालका कार्यक्रम अधिकृत राजेन्द्र ढकाल, जनचेतना सरोकार मञ्चका ब्यबस्थापक युवराज ज्ञवाली, सञ्चारकर्मिहरुको समेत उपस्थिति रहेको थियो ।



