धारापानीमा रेडक्रस उप शाखाको अध्यक्षमा बन्जाडे निर्बाचित

पुष–४,धारापानी  ।  नेपाल रेडक्रस सोसाइटी उप शाखा धारापानी अर्घाखाँचीको अध्यक्षमा कृष्ण प्रसाद बन्जाडे निर्बाचित हुनुभएको छ ।
हिजो सम्पन्न चौथो अधिवेशनले अध्यक्ष बन्जाडेको नेतृत्वमा ११ सदस्यिय नयां कार्य समितिको गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा रुमलाल पौडेल,सचिव जगत बहादुर खड्का,सह–सचिव जिवकला थापा र कोषाध्यक्षमा शुभाषचन्द्र बन्जाडे चयन हुनुभएको छ । 
रेडक्रस जिल्ला शाखा अर्घाखाँचीका मन्त्री चन्द्र प्रसाद बन्जाडे र जिल्ला सदस्य हरी बहादुर के.सी.को बिशेष उपस्थितिमा सम्पन्न अधिवेशनबाट झविलाल थापा,कृष्ण बहादुर सुनार,बाबुराम बन्जाडे,दुर्गा खत्री डोम प्रसाद भुसाल र मधु बन्जाडे सदस्यमा निर्बाचित हुनुभएको छ ।
आसन्न माघमा जिल्ला शाखाको अधिवेशनको तयारीमा जुटेको रेडक्रस सोसाइटी अर्घाखाँचीले गाउं तहका अधिवेशनलाई तिब्र पारेको रेडक्रस अर्घाखाँचीका मन्त्री चन्द्र प्रसाद बन्जाडेले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु