अर्घाखाँचीमा उत्पादित खाद्यान्न तथा तरकारी वालीको उन्नत विउको मुल्य निर्धारण

Image result for अर्घाखाँची तरकारी
पुष–४,सन्धिखर्क । अर्घाखाँची जिल्लामा उत्पादित खाद्यान्न तथा तरकारी वालीको उन्नत विउको यो बर्षको मुल्य निर्धारण गरिएको छ । सन्धिखर्कमा सम्पन्न जिल्ला स्तरीय बहुसरोकारवाला मन्चको गोष्ठीले विउको विक्री मुल्य निर्धारण गरेको हो । 
जस अन्तरगत पहेँलो मकै प्रतिकेजी ५० रुपियाँ, सेतो मकै प्रतिकेजी ४९ रुपियाँमा किसानले विक्री गर्नेछन् । 
त्यस्तै पहाडी गहुँ प्रतिकेजी ४५ र तराईको गहुँ प्रतिकेजी ४२ रुपियाँमा बेच्दा खुमल धान प्रतिकेजी ४५ रुपियाँमा विक्री गरिनेछ ।यस्तै तरकारी बाली तर्फ सिमी चौमासे प्रतिकेजी २८०,केराउ प्रतिकेजी १२५ रुपियाँमा विक्रि गर्दा ४० दिने मुला प्रतिकेजी २५० मा विक्री गर्न सकिने मुल्यनिर्धारण समितिले जानकारी दिएको छ । यस्तै मालेपाटन बोडीको विउ प्रतिकेजी ३५० रुपियाँमा विक्री गरिनेछ ।
अर्घाखाँचीमा किसानको लागि उन्नत विउ विजन कार्यक्रम लागुभएपछि विभिन्न समूह र सहकारीहरुले उन्नत विउ उत्पादन गरि जिल्लामा रहेका भेट व्यवसायी तथा लु्म्विनी सिड कम्पनीलाइ बिक्रि गर्दै आएको पत्रकार हरी प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु