बिष्णु खनाल/कमल बिष्ट
पौष ४, अर्घाखाँची । “आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख हाम्रै देशमा“ भन्ने नारासहित सुरु हुन लागेको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि अर्घाखाँचीबाट विभिन्न विधामा सहभागी हुने खेलाडीहरुको छनोट प्रतियोगिता आज दिउँसो १२ बजेबाट सन्धिखर्क टुडिखेलमा सुरु हुदैछ ।
प्रदेश ५ का खेलकुद विकास अध्यक्ष भिम ओलिले उद्घाटन गर्ने उक्त छनोट प्रतियोगितामा जिल्ला भरका विभिन्न खेलाडिले राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि छनोट प्रतिस्पर्धा गर्नेछन् । एथ्लेटिक्स, महिला पुरुष भलिवल, क्रिकेट, फुटवल, महिला पुरुष कबर्डी, महिला पुरुष ब्याडमिन्टन, महिला पुरुष टेबल टेनिस, महिला पुरुष कराँते, महिला पुरुष तेक्वान्डो, पुरुष फुल कन्ट्याक्ट कराँते लगायतका विधामा छनौट प्रतियोगीता हुनेछ । छनोट प्रतियोगिता यहि पौष ४, ५ र ६ गतेसम्म सञ्चालन हुने अर्घाखाँची खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले जानकारी दिनुभयो ।
छनौट प्रतियोगिता भर खेलकुदको आनन्द लिनका लागि उपस्थित हुन सम्पुर्ण दर्शक महानुभवहरुलाई आयोजकले अनुरोध समेत गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता यहि माघ २५ गते देखि नेपालगन्जमा हुनेछ ।