पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा स्वागत कार्यक्रम सम्पन्न

अभिनव चौहान
पुष ४, सन्धिखर्क । पाणिनी बहुमुखि क्याम्पस सन्धिखर्क अर्घाखाँचीमा विभिन्न ठाउँबाट स्नातक प्रथम वर्षमा अध्ययन गर्नको लागी आएका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्ववियु सभापति लक्ष्मण खड्का, कुलराज बन्जाडे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी अभिनव चौहान र मेलिना सिंह ठकुरीले गजल वाचन, प्रतीक्षा श्रेष्ठ, मनिषा घिमिरे, सलिना मगरले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्ववियु सभापति लक्ष्मण खड्काले वार्षिक  प्रगति विवरण समेत प्रस्तुत गरेका थिए । 
कार्यक्रम विद्यार्थी बिष्णु राउतको धन्यवाद मन्तव्य, बर्जना खनालको स्वागत र रामचन्द्र श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु