बिष्णु खनाल
पुष ३, सन्धिखर्क । युनियन लाईफ ईन्स्योरेन्स कम्पनिको आयोजनामा सन्धिखर्कमा मंगलबार एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
युनियन लाईफ ईन्स्योरेन्स कम्पनि ५ नम्बर प्रदेश प्रमुख भोज कुमार कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा अभिकर्ताहरुलाई तालिम समेत प्रदान गरिएको थियो ।
अभिमुखिकरण कार्यक्रममा कम्पनिका ५ नम्बर प्रदेश प्रमुख कुँवरले युनियन लाईफका प्रोडक्टको बारेमा प्रकाश समेत पार्नु भएको थियो । नेपालमा भएका विमा कम्पनिले दिने सेवा एउटै भएपनि युनियन लाईफले दिने सेवा अरु विमा कम्पनिभन्दा अलि भिन्न भएको उहाँले बताउनु भयो । उहाँले मानिसको जीवनमा विमा अतिआवश्यक कुरा भएकाले विमा गर्न सबैलाई अनुरोध समेत गर्नुभयो ।
सहभागि अभिकर्ताहरुलाई भोज कुमार कुँवर र कपिलवस्तु ४ नम्बर शाखा प्रमुख सुमन पौडेलले तालिम दिनुभएको हो । कार्यक्रम युनियन लाईफ ईन्स्योरेन्स कम्पनि अर्घाखाँची शाखा प्रमुख सुरज रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो ।