ढाकावाङ्ग देखि सन्धिखर्क जाँदै गरेको जीप दुर्घटना

अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ्ग (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ उप्पल्लो ढाकावाङ्ग देखि सदरमुकाम सन्धिखर्क जाँदै गरेको जीप दुर्घटना भएको छ । 
ढाकावाङ्गको पिप्लारुखमा  लु.१ज १३९९ नम्बरको देउराली यातायातको जीप दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका छन् । घाइतेलाई सामान्य चोटपटक लगेको छ । घाइतेको विवरण खुलेको छैन ।  
जीप सडक देखि करिव ४५ मिटर गाउँको घर आगनमा खसेको छ । जीप दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । 
जिल्लामा क्षमता भन्दा बढी यात्रु बोक्दा तथा साघुरो सडकमा तिव्र गतिमा सवारीसाधन चलाऊदा हुने गरेको देखिन्छ ।  

अन्य समाचारहरु