प्रधान सेनापती थापा अर्घाखाँचीमा, सुपा देउराली मन्दिरमा पुजाआजा

प्रेमनारायण आचार्य
पुष ४, अर्घाखाँची । प्रधान सेनापती पूर्ण चन्द्र थापाले नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउरालीमा पुजा आजा गर्नु भएको छ । प्रदेस नम्वर पाँचका सैनिक गण, गुल्म र व्यारेकहरुको अवलोकन गर्न आउनु भएका प्रधान सेनापती थापाले आज विहान सुपा देउराली मन्दिरमा पुजाआजा गर्नुभएको हो । 
आफ्नी धर्म पत्नी सहित मन्दिर आउनु भएका थापाले विहान पौने आठ बजेदेखि वैदिक विधिपुर्वक झण्डै आधा घण्टा पुजाआजा गरेको सुपा देउराली मन्दिर व्यबस्थापन समितिका अध्यक्ष प्रितम थापाले बताउनु भयो । 
सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्र्तराष्ट्रिय क्षेत्रमा ठूलो ओहोदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन् । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाक्कल गरि वलि चढाइन्छ । 
पाँच नम्वर प्रदेशकै प्रमुख धार्मिक तीर्थ स्थलको रुपमा रहेको सुपा देउराली मन्दिरमा हिजो आज धार्मिक पर्यटकको संख्यामा ह्वात्तै बृद्धि भएको छ । बिगतका बर्षहरुमा दैनिक दुई सय देखि एक हजार जनाले  दर्शन तथा पुजा आजा गर्ने गरेकोमा अहिले आएर दैनिक पाँच सय देखि दुइ हजार जना सम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितका अध्यक्ष  थापाले जानाकारी दिनुभयो ।

अन्य समाचारहरु