यात्रा अर्घाखाँची नामक डकुमेन्ट्री तथा सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न, अर्धाखाँची देशकै धरोहर भएको प्रचण्डको भनाई (भिडियो, तस्बिर सहित)

(२०७५ पौष ७, शनिवार)

अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । यात्रा अर्घाखाँची नामक डकुमेन्ट्री र पुस्तक तथा सम्मान कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न भएको छ ।
अर्धाखाँचीका पूर्वसहायक सिडियो हाल गृहमन्त्रालयमा कार्यरत नारायण खत्रीद्रारा लिखित यात्रा अर्धाखाँची नामक डकुमेन्ट्री र पुस्तक तथा सम्मान कार्यक्रममा सम्पन्न भएको हो ।
यात्रा अर्धाखाँची नामक डकुमेन्ट्री र पुस्तक तथा सम्मान कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थिती रहेको थियो । सो अवसरमा प्रचण्डले अर्धाखाँची जिल्ला राजनैतिक, सामाजिक, सांस्कृतिक, एतिहासिक रुपमा  सवै हिसावले देशकै धरोहर भएको बताएका छन् । उनले अर्धाखाँची जिल्ला सवै क्षेत्रको हिसावले अगाडी रहेको बताउदै आगामी दिनमा पनि यो क्षेत्रले आफनो इतिहास रचदै जाने आशा व्यक्त गरे । साथै उनले अर्धाखाँची नामक डकुमेन्ट्री बनाएर जुन सार्वजनिक गर्ने काम भएको छ यस्ले राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि नेपालको महत्व बारे चिनाउन मदत पुग्ने बताए ।

उक्त कार्यक्रममा जिल्लाको डकुमेन्ट्री बनाउन तथा पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै रेडियो मालारानीका स्टेशन म्यानेजर   नबिन  के.सी सम्मानीत भएका छन । त्यस्तै कान्तिपुर दैनिकका बिरेन्द्र के.सी , डकुमेन्ट्रीका परिकल्पनाकार नारायण खत्री , पाणिनि फिलिम प्रा.लीका गिरिराज थापा , प्रकाश भुसालल लगाएतका व्याक्तिलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रच्ण्ड र नेकपाका नेता टोपबहादुर रायमाझीले सम्मान गरेका हुन ।  नेकपाका नेता टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्ला पर्यटन गन्तव्यका साथै बिकाश निर्माणमा पनि नमुना भएको बताउनु भयो ।  ‘ जिल्लाको सम्बृद्धि गर्नकोलागी पर्यटकीय क्षेत्रको पहिचान गर्ने र पर्यटकिय क्षेत्रहरुको पूर्बधार बिकाश गर्नु पर्दछ । लुम्बिनामा आएका पर्यटकलाई सालझण्डी सन्धिखर्क हुदै ढोरपाटन पुयाउने र पोखरा आएका पर्यटकलाई पोखरा रिडि अर्घाखाँची हुँदै सुर्खेत पुर्याउने छौ । त्यसकोलागी सड्क निर्माणको काम तिब्र गतिमा बढेको छ ।  ’ अर्घाखाँचीका बिभिन्न पर्यटकीय ,धार्मिक ,सांस्कृतीक मह्तवलाई समेटेर तेतीस मिनेटको बृत चित्र निर्माण गरिएको छ ।
 

यस्तै नेपाल कम्यूनिष्ट पार्टीका नेता एबम पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्धाखाँची जिल्लालाई अवको केही बर्षमै देशकै पूर्वाधारको क्षेत्रमा नमुना जिल्लाको रुपमा चिनाउने दावी गरे । अर्धाखाँची जिल्ला बिकासको तिब्र गतीमा अगाडी बढेको जानकारी दिर्दै अर्धाखाँचीको एअरपोर्ट चाँडै निर्माणको काम सम्पन्न हुने समेत जानकारी दिए । कार्यक्रममा नेता रायमाझीले अर्धाखाँची नामक डकुमेन्ट्री र पुस्तक जुन सार्वजनिक भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित लगायत बिभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु