श्याम घिमिरे
पौष ५ अर्घाखाँची – अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जिल्लाका उद्योगी ब्यबसायीलाई ढुक्क भएर ब्यबसाय गर्न आग्रह गर्नु भएको छ । अर्घाखाँची उद्योग बाणीज्य संघ अर्घाखाँची द्धारा बुधबार सन्धिखर्कमा आयोजना गरीएको स्वागत तथा सम्मान कायक्रममा मनतब्य राख्दै प्रजिअ लामीछानेले यस्तो बताउनु भएको हो ।
ब्यापार ब्यबसायको माध्यमबाट देशमा आर्थिक समृद्धि हासील गर्न सकिने भन्दै प्रजिअ लामीछानेले जिल्लामा शुसानलाई चुस्तदुरुस्त बनाउन आफु हरपहल लागीपर्ने बताउनु भयो । कानुन विपरित कुनैपनि कार्य गर्ने अधिकार कसैलाई नभएको बताउदै लामीछानेले त्यस्तो देखिएमा कानुन अनुसार कारवाही गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने भन्दै प्रजिअ लामीछानेले जिल्लाको विकास निमार्णमा आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताउनु भयो । कार्यक्रम अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षता बरीष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालको स्वागत मनतब्य र महासचिब प्रदिप मिश्रको सन्चालनमा सम्पन्न भएको हो ।