अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क (अर्घाखाँचीडट्कम) पौष ५ अर्घाखाँची । घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीको आयोजनामा सन्चालित ७ दिने हाउस पेन्टिङ् सम्बन्धि तालिम बिहिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं १का अध्यक्ष युवराज बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले सिपले मानिसलाई आत्मनिर्भर बनाउने र जीवनस्तर उठाउने भएकोले सिकेको सिपलाई ब्यबहारमा उतारे कोहि पनि भोकै बस्नु नपर्ने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक , वडा नं.१० का अध्यक्ष लक्ष्मिनारायण चुदाली प्रशिक्षार्थी बिक्रम नेपाली लगायतले मनतब्य राख्नु भएको हो । तालिममा सन्धिखर्क नगरपालिका वडा न.२, ७ र १० का युवाहरूको सहभागीता रहेको थियो । कार्यक्रम घरेलु तथा साना उद्योग समितिका वरिष्ठ उद्योग अधिकृत कमल सुतार कार्किले गर्नु भएको हो ।