अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क (अर्घाखाँचीडट्कम) पौष ५ अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं . १ को तुम्कोटमा बिहिबार एक कार्यक्रमका बिच स्थानीहरूको एक भेलाले समुदाय प्रहरी टोल समितिको गठन गरेको छ ।
प्रहरीले देश भर सन्चालन गरेको प्रहरी साझेदारि कार्यक्रम अन्तरगत यसरी गाउँटोलमा समितिहरू गठन हुन थालेका हुन । यसरी गठन हुने समिति बाट अब गाउँलेहरूले स्थानिय स्तरमा आफ्ना समस्या र झैझगडाहरू मिलाई सामाजिक एकता कायम गर्न मदत पुग्ने बिश्वास लिईएको छ ।
गठन गरिएको समिति को अध्यक्षमा सन्धिखर्क नगरपालिका १ नं . वडा सदस्य लक्ष्मण पराजुली , सदस्य सचिव प्रहरी सहायक निरिक्षक सन्तोश के.सि.र सदस्यहरूमा बिष्णु प्रसाद बस्याल ,खिमानन्द पन्थी ,गिर बहादुर नेपाली ,ईस्वरी प्रसाद भुसाल लगायत २१ सदस्यीय सामुदायिक प्रहरी टोल समितिको गठन गरिएको हो ।