अर्घाखाँचीको खिल्जी वृत्तचित्र सार्वजनिक (भिडियो सहित)
पौष ७ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ स्थित खिल्जीको बारेमा वृत्तचित्र सार्वजनिक भएको छ ।
पश्चिम नेपालका केही जिल्लाहरुमा नाचिने सरायँ नाच राष्टिय स्तरमा उति स्थान पाएको छैन । यसका लागि काठमाडौँमा रहेर पनि, ‘फिरन्ते टिम’ले अर्घाखाँची जिल्लालाई केन्द्रमा राखेर सोही नाचलाई यूट्युबको मार्फत वृत्तचित्रमा ढालेर प्रस्तुत गरेको छ ।
साथै सोही जिल्लाकै साबिक खिल्जी गाबिस वरिपरि मनाइने साराय नाचका बिभिन्न झलकहरु देख्न सकिन्छ । यति मात्र नभएर वृत्तचित्रमा खिल्जी नाम रहनुको पछाडि पौराणिक इतिहासलाई कोट्याइएको छ । साथै सारायमा प्रयोग हुने बिभिन्न बाजाहरु र हातहतियारको समेत इतिहास रहेको थाहा पाउन सकिन्छ । यतिमा मात्र वृतचित्र सिमित नरहेर, त्यहाँको मौलिक परिवेशलाई पनि सशक्त्त रुपमा केलाउन सफल देखिन्छ ।
यसैगरि त्यसै ठाउँमा प्रयोगमा आइरहेका मौलिक घरेलु भौतिक सुबिधाका साधनहरुलाई पनि कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । त्यहाँङ्को सौन्दर्य दृश्यहरु पनि प्रसस्त रुपमा वृत्तचित्रमा अटाएको पाउन सकिन्छ ।