माधब खनाल
पौष ७ ढाकावाङ्ग – राष्ट्रिय जनमोर्चा निकट अनेमसंघ ढाकावाङ्गकी महिला नेत्री तथा राष्ट्रिय जनमोर्चाका नेता जनक खनाल कृष्ण खनाल उमानन्द खनाल र ज्ञानप्रसाद खनालकी ममतामयि माता तुल्सादेवी खनालको निधन भएको छ ।
भुमिकास्थान–१ ओखटे निवासी नेत्री खनालको ८३ वर्षको उमेरमा निधन भएको हो । सामाजिक सेवाको क्षेत्रमा समेत अब्बल रहंदै आउनुभएकी नेत्री खनालको शुक्रबार दिउँसो २ बजे निधन भएको हो । उहांको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका नेता मेघराज खनालले पार्टीको झण्डा ओढाई श्रदाञ्जली ब्यक्त गरेपछि नेत्री खनाललाई दाह संस्कार गरिएको हो ।
राष्ट्रिय जनमोर्चाका नेता मेघराज खनाल साबिक ढाकाबाङ्ग गाबिसका निर्वा्चित उपाध्यक्ष तथा राष्ट्रिय जमोर्चा दाङ्ग जिल्ला सदस्य खडानन्द खनाल,भुमिकास्थान– १ का वडा अध्यक्ष भोजराज खनाल,युवक संघका जिल्ला अध्यक्ष कुलराज खनाल अखिल नेपाल टेड युनियन महासङ अन्टुकका भुमिकास्थान नगर सचिव युवराज खनाल अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य हिमलाल खनाल अखिल नेपाल महिला संघकि सान्ता खनाल जातिय समातसमाजका रामबहादुर नेपाली जनजाति सम्मेलनका बेम बहादुर घर्ती लगायतले श्रदाञ्जली मन्तव्य राख्दै नेत्री खनालको निधनले कम्युनिष्ट आन्दोलनमा अतुलनिय क्षति पुगेको बताउनुभयो ।
स्वर्गिय नेत्री खनालका छोरा उमान्द खनालको अध्यक्षता र माधव खनालको संचालनमा सम्पन्न श्रदान्जली सभामा नेकपाका प्रतिनिधि लिल बहादुर घर्ती र नेपाली काङ्ग्रेसका प्रतिनिधि चुरामणी भुसाल लगायतले मनतब्य राखका थिए ।