अर्घाखाँचीडट्कम संवाददाता
पौष ७ अर्घाखाँची । अर्घाखाँचीमा अहिले सम्म अपाङ्गता भएका ३ सय ३२ जना बालबालिका उपचारको पँहुचमा रहेको एक तथ्याकंले देखाएको छ । अपाङ्गता भएकाहरुको जिवन स्तरमा सुधार ल्याउने उद्धेश्य सहित अर्घाखाँचीमा संचालनमा रहेको सक्षम परियोजना अन्र्तगत बिकलाङ्ग मित्र समुहले सुक्रबार सन्धिखर्कमा सम्पन्न गरेको सामाजिक लेखा जोखा कार्यक्रम मार्फत यस्तो तथ्याकं सार्वजनिक गरेको हो ।
अर्घाखाँचीमा यो संस्था आएपछि बिकलाङ्ग मित्र समुहले संचालन गरेको अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द्र मार्फत बिभिन्न शारिरिक अपाङ्गता रहेका १ सय ८७ छात्र र १ सय ४५ छात्राले सेवा लिएर आफ्नो जिवन स्तरमा सुधार ल्याएको उक्त संस्थाले कार्यक्रम मार्फत जानकारी गराएको छ ।
संस्थाका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद भट्टराई, गोविन्द चौधरी, लेखनाथ आचार्य, रक्षा पाण्डे लगायतको सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाको तर्फबाट ३४ लाख १६ हजार ४ सय ७५ रुपैंया बजेटबाट अपाङ्गता भएका बालबालिकाको पहिचान गरि उपचारको पहुंचमा लगिएको, १ सय १९ जना बालबालिकालाई पूर्नस्थापनाको योजना तयार पारिएको,८७ जना बालबालिकालाई सहायक सामाग्री हस्तान्तरण गरिएको,८३ जना बालबालिकालाई सजिलैसंग स्कुल जाने बातावरण बनाइदिएको,व्याबसायिक सिपमा संलग्नताको निम्ती सरोकारवालासंग अन्तरक्रिया गरिएको,जिल्लाको अपाङ्गता ब्यवस्थापन सम्बन्धि ५ बर्षे रणनितिक योजना तयार पारि कार्यान्वयनमा ल्याएको लगायतका प्रगति बिबरण सार्वजनिक गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँची प्रमुख पिताम्बर शर्मा,जनप्रतिनिधिको तर्फबाट मालारानी गाँंपालिका प्रमुख प्रमिला क्षेत्री,पत्रकार महासंघ अध्यक्ष हिम लेकाली लगायतले मन्तव्य राख्दै अपाङ्गताको क्षेत्रमा संस्थाले पु¥याएको योगदानको कदर गर्दै शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन स्तर उकास्न सबै तहले सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभएको हो ।