नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीको चौथो साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा दल बहादुर के.सी. निर्बाचित

श्याम घिमिरे 
पौष ७ अर्घाखाँची – नेपाल नेत्र ज्योति संघ अर्घाखाँची शाखाको सभापतिमा पुनः दल बहादुर केसी निर्बाचित हुनुभएको छ । संस्थाको सुक्रबार सन्धिखर्कमा सम्पन्न चौथो साधारण सभा तथा जिल्ला अधिवेशनले सभापति केसीको नेतृत्वमा १९ सदस्यिय नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको हो ।
कार्यसमितिको उप–सभापतिमा नारायण प्रसाद खनाल,सचिव उमेश घिमिरे,सह–सचिव हरी प्रसाद दमासे,कोषाध्यक्षमा लक्ष्मण कँडेल र सह–कोषाध्यक्षमा माया घिमिरे चयन हुनुभएको छ । 
संस्थाका केन्द्रिय महासचिव भरत बहादुर चन्दले कार्यक्रमको उद्घाटन गर्दे सबैलाई दृश्टी भन्ने नाराका साथ आफुहरुले काम गरिरहेको भन्दै मानव अंग मध्ये आँखा जस्तो महत्वपूर्ण अंगलाई स्वस्थ राख्न बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल नेत्र ज्योति संघले सुपथ मुल्यमा गुणस्तरिय सेवा प्रदान गरेकोले विदेशबाट समेत आँखाका बिरामी उपचारको लागि आउने गरेको बताउदै सबै नागरिकले संसार हेर्न पाउनुपर्ने मान्यतालाई अंगिकार गर्दै यसका निम्ती सबैले सहयोग गर्न जरुरी रहेको बताउनु भयो ।
नेपाल नेत्र ज्योति संघ अर्घाखाँची शाखाका सभापति दल बहादुर के.सी.को अध्यक्षता,बुद्धिराम भुसालको स्वागत मन्तव्य,नेत्र प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला आँखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरेले प्रगति प्रतिवेदन पेश गर्दै जिल्लाभरका ८० प्रतिशत मानिसका आँखामा कुनै न कुनै प्रकारको समस्या रहेपनि आँखा रोगलाई गम्भिर रुपमा नलिदा सबै जना उपचार पद्धतिमा नआएको जानकारी गराउनुभयो ।
संथालाई सहयोग गर्ने बिभिन्न दाताहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा,भुमिकास्थान नगर प्रमुख रेसम थापा,नेत्र ज्योति संघ प्रदेश ५ का संयोजक सागर प्रताप राणा,छत्रदेव गाउँपालिका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ,सन्धिखर्क नगरका प्रवक्ता लिलाराम गौतम,अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष जिवलाल बन्जाडे,पत्रकार महासंघ अध्यक्ष हिम लेकाली र दाताको तर्फबाट नारायण बहादुर क्षेत्री लगायतले मनतब्य राख्दै संस्थाले पु¥याएको योगदानको उच्च प्रशंसा गर्नु भएको हो । आँखा अस्पतालले जिल्लामा २०४८ साल देखी हालसम्म नियमित सेवा दिईरहेको छ ।

अन्य समाचारहरु