अर्घाखाँचीमा एन्सेलका प्रयोगकर्ताहरु मर्कामा परे

प्रेम खड्का 
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निजी मोबाइल दूरसञ्चार कम्पनी  एन्सेलका प्रयोगकर्ताहरु मर्कामा परेका छन् । 
एन्सेलका नयाँ सिम खरिद, बिर्गिएमा जिल्ला बाहिर बुटवल पुग्न पर्दा एन्सेलका प्रयोगकर्ताहरु मर्का परेका हुन् । 
यस्तै एन्सेलका नयाँ सिम बिर्गिएमा, नयाँ सिम कार्ड खरिद, सिम तथा मोबाइल नम्बर परिवर्तन, इन्टरनेट तथा एमएमएस सेटिङ्, रिचार्ज गर्नु परेमा बुटवल पुग्न अवस्था रहेको छ । 
अर्घाखाँचीमा अहिले मोबाईल सेवा प्रदायक कम्पनी एनसेल सेन्टर छैन् । जिल्लामा एनसेल सेन्टर नहुँदा ग्राहकहरु एनसेलका सेवातथा सुविधाहरुकाबारेमा सोधपुछ गर्न बन्देज भएका छन् ।  
त्यसैगरी ग्राहकहरुले सेन्टर नहुँदा आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका सेवाहरु प्राप्त गर्न सकेका छैनन् । 
सन्धिखर्कमा कयौ व्यापारीका लाखौं रुपैया बराबरका रिचार्ज कार्ड, नयाँ सिम कार्ड प्रयोगहिन भएका छन् । एन्सेलले लैजान्छ नमानेको व्यापारीहरुको गुनासो छ । 
एन्सेलले जिल्लामा टावर राख्न सक्ने तर सेन्टर राख्न नसक्ने भन्दै जिल्लाबासी आक्रोसित देखिन्छ ।  
एन्सेल एक करोड ६५ लाखमै सिमित

पछिल्ला महिनाहरुमा एन्सेलले आफ्ना प्रयोगकर्ता बढाउन सकेको छैन । एन्सेलले ३० भन्दा बढी सहरमा फोरजी विस्तार गरिसके पनि टेलिकमभन्दा ३७ लाख कम सेवाग्राही छन् । एन्सेलका प्रयोगकर्ता साउनसम्म १ करोड ६५ लाख ६८ हजार देखिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनालका अनुसार प्रत्येक नेपालीसँग दुईदेखि तीन ओटा सिम बोक्ने र अहिलेको अवस्थामा मोबाइल नबोक्ने कमै हुनाले पनि दूरसञ्चारका प्रयोगकर्ता उल्लेख्य रुपमा वृद्धि भएका हुन् । ‘टेलिकम र एन्सेल अहिले एक छत्र राज गरिरहेका छन् । सेवा तथा योजना दिन दुवै सेवाप्रदायक कम्पनीबीच होडबाजी चलिरहेको छ,’ खनालले भने ।
प्राधिकरणका अनुसार अहिले फिक्स्ड लाइनबाट सेवा लिने ६ लाख ८० हजार ३ सय २३ छन् भने मोबाइलका सेवाग्राही ३ करोड ८६ लाख ९९ हजार ७ सय ८१ र जीएमपीसीएसका १ हजार ७ सय ४२ सेवाग्राही छन् ।
५२ प्रतिशत ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा
नेपालमा ५२ प्रतिशत नेपाली ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा पुगिसकेका छन् । गत साउन महिनासम्म कुल १ करोड ५३ लाख ३९ हजार ४ सय ३१ जनासँग इन्टरनेटको पहुँच भएको प्राधिकरणले जनाएको छ । जसमा फिक्स्ड ब्रोडब्यान्ड (वायर्ड) प्रयोग गर्ने ३० लाख ४३ हजार १ सय १६ छन् भने फिक्स्ड ब्रोडब्यान्ड (वायरलेस)का प्रयोगकर्ता ३ लाख ४२ हजार ५ सय १४ तथा मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने १ करोड १९ लाख १३ हजार ८ सय १ पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

अन्य समाचारहरु