अर्घाखाँचीकी १२ वर्षीय बालिका भारतको लुधियानामा बलात्कृत

अर्घाखाँचीडट्कम संवाददाता 
लुधियाना । लुधियानाको मिलरगंज स्थित एक फैक्टरीमा काम गर्ने विहार स्थायी निवासी हाल लुधियानामा परिवार सहित वस्दै आएका मोहम्मद इमरान खान नामका एक युवकले अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं.  १०  धनचौर बस्ने विक परिवारकी १२ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोग छ । 
प्रारंभिक जाँचमा १८ डिसेम्बरका दिन अज्ञात ठाउँमा लगी जबर्जस्ती बलात्कार गरेको र १९ डिसेम्बरका दिन आरोपीले पिडितालाई विच बाटो मै छाडी भागेको पिडितका आफ्न्तहरुले वताएका छन् ।
सो घटना पछि पीडित परिवारले मुल प्रवाह अखिल भारत नेपाली एकता समाज समक्ष निवेदन गरेका थिए । तत्पश्चात मूल प्रवाह नगर समिति लुधियानाले पिडित परिवारलाई लिएर थाना डिभिजन नम्बर ६ मा २० डिसेम्बरका दिन प्राथमिकी दर्जगरी पिडिता परिवारलाई न्याय दिलाउन आग्रह गरेको तर सो थानाले प्रथमिकीसम्म दर्ता नगरको मूल प्रवाहका एक सदस्यले बताए । घटनाको विबरण लिएर कमिश्नर लुधियानासँग भेट गर्न पुगेको उनै सदस्यले बताए । 
मूल प्रवाहको टिम भेटभए लगत्तै पुलिस कमिश्नरले आरोपीलाई तुरुन्तै गिरफ्तार गरेर आवश्यक कानुनी कार्यवाही गर्न थानालाइ निर्देशन गरे पछि लगतै एक्सन लिदै पुलिसले आरोपीलाई गिरफ्तार गरेको थियो । इमरानको साथ सो कार्यमा सहयोग गरेको आरोपमा २ जना अन्यलाई पनि पुलिसले गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।

अन्य समाचारहरु