अर्घाखाँचीमा अपांगता व्यबस्थापन सम्बन्धि ५ बर्षे रणनितिक योजना तयार

प्रेमनाराण आचार्य 
पुस ७ अर्घाखाँची । अपांग भएर घरमै उदासीन र कष्टपुर्ण जीवन विताइरहेका अर्घाखाँचीका वालवालीकाहरु उपचारपछि सपांग सरह भएका छन ।
 सपांग सरह हिडडुल तथाअन्य क्रियाकलाप गर्न थालेपछि उनीहरुको जीवननै परिबर्तन भएको छ । जिल्लामा रहेका ३ सय ३२ जना वालवालिका उपचारको पहुचमा रहेको र ८७ जनावालवालिकाले सहायक सामाग्री प्राप्त गरेर सपांग सरह हिडडुल गर्न र दैनिक कृयाकलाप गर्न सक्षम भएका छन । खुट्टा नचल्ने भएर हिडडुल गर्न नपाएकावालवालिकाहरु सपांग सरह हिडडुल गर्न थालेपछि वालवालिका तथा उनका अभिभावकहरु पनि खुसी भएकाछन । वकलांग मित्र समुह अपांग तथावाल पुनसर््थापना केन्द्रको सक्षम परियोजना अर्घाखाँचीमा सञ्चालन भएपछि अंगभंग भएर बसेका वालवालिकाले नँया जीवनन पाएका हुन ।सक्षम परियोजना अर्घाखाँचीका प्रमुख लेखनाथ आचार्यले बताए ।
जिल्लाको अपांगता व्यबस्थापन सम्बन्धि ५ बर्षे रणनितिक योजना तयार भएको छ । ५ बर्षे रणनितिक योजनाहरुको कार्यन्वयनकालागि स्थानीय तहहरुले पनि योजना वनाएर काम गर्न सुरु गरेका छन । पाणिनि गाउ पालिकाँका उपाध्यक्ष लक्ष्मी गौतम ।सक्षम परियोजनाकोआयोजनामा सामाजिक लेखाजोखा कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वरशर्मा, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, मालारानी गाँउपालीकाकीउपाध्यक्ष प्रमिला क्षेत्री, पाणिनि गाँउपालिका उपाध्यक्ष लक्ष्मी गौतम, छत्रदेव गाँउपालिका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, पत्रकार महासंघकाअध्यक्ष हिम वहादर जिसि लगायतको उपस्थिति रहेको थियो ।
 कार्यक्रम विकलांग मित्र समुहका उपाध्यक्ष कृष्ण प्रसाद भटराइको अध्यक्षता,सक्षम परियोजनाका जिल्ला संयोजक लेखनाथ आचार्यको सञ्चालन र रक्षा पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु