पौष ७ सन्धिखर्क : नेपाल विद्यार्थी संघले ४ वटा स्थानिय तहहरुमा अधिवेशन सम्पन्न गरेको छ । नेविसंघको जिल्ला कार्य समितीको निर्णय अनुसार पौष ७ गतेसम्म नगर र पालिका गठन गरिएको हो । सन्धिखर्क नगरपालिकाको प्रथम अधिवेशनले दुर्गाप्रसाद खनालको अध्यक्षतामा सर्वसहमत रुपमा २१ सदस्यिय सन्धिखर्क नगर कमिटीको गठन गरेको छ ।
जस्को उपाध्यक्षमा भुवनेश्वर अधिकारी, सुमन सुनार, र रेखा अधिकारी रहनुभएको छ । त्यस्तै सचिवमा रिता भुसाल, सहसचिवमा गिता अधिकारी, मनिषा भुसाल, कोषाध्यक्षमा गणेश मुखिया, सदस्यहरुमा राजन महत्रा, असिम नेपाली, सन्जु गिरी, सर्मिला पान्डे लगायत रहनुभएको छ । कार्यक्रम भरतमणि भट्टराईको अध्यक्षता, तरुण दलका सन्धिखर्क नगर अध्यक्ष जमशेर मियाको प्रमुख आतिथ्यता र जिल्ला सचिव कृष्ण भुसालको संचालनमा सम्पन्न भएको हो । यसैबिच नेपाल विद्यार्थी संघ पाणिनि गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा हिरामणि घिमिरे सर्वसम्मत चयन हुनुभएको छ ।
जसको उपाध्यक्षमा, इन्दिरा गैरे, भावना पौडेल र सुवास पौडेल रहनु भएको छ । त्यस्तै सचिवमा सञ्जय पौडेल, सहसचिवमा अन्चलराज भुसाल र राजेन्द्र रायमाझी, कोषाध्यक्षमा विन्दु पौडेल, सदस्यहरूमा उमेशहरि घिमिरे, अनुषा परियार, प्रज्वल परियार, एलिसा गैरे, कमल घिमिरे, सन्तोष घर्ती, रामप्रसाद ज्ञवाली, सतिस खनाल, निराजन रसाली, निष्ठा बेल्वासे लगायत रहनु भएको छ । अधिवेशनको उद्घघाटन गर्दै काँग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले नेविसंघ बलियो भए काँग्रेस बलियो हुने भएकाले संगठित भएर लाग्न आग्रह गर्नुभयो । उहाँले नेविसंघलाई प्रशिक्षणको आवश्यकता भएकाले सहजिकरणका लागि आफु तयार रहेको बताउनु भयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सहसचिव इन्सु मियाँ, धातिवाङ्का सभापति शोभाखर पौडेल, मैदानका सभापति शालिकराम घिमिरे, नेविसंघका जिल्ला उपाध्यक्ष सुरज रायमाझी, ट्रेड युनियन काँग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पन्थि, शिक्षक संघका पाणिनि गाउँपालिका अध्यक्ष कृष्ण घिमिरे, कुशलानन्द सरस्वती लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रम पाणिनि नेविसंघ सदस्य हिरामणि घिमिरेको अध्यक्षता, नेविसंघ धातिवाङ्ग मावि अध्यक्ष बिन्दु पौडेलको स्वागत र विद्यार्थी नेता घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भयो । यस्तै भुमिकास्थान नगरपालिकाको प्रथम अधिवेशनले सुशिल बेल्वासेको अध्यक्षतामा सर्वसहमत रुपमा १७ सदस्यिय भुमिकास्थान नगर कमिटीको गठन गरेको छ ।
जस्को उपाध्यक्षमा अमृत पौडेल र टिका भारती रहनुभएको छ । त्यस्तै सचिवमा ब्रहमान्ड श्रेष्ठ, सहसचिवमा मुनाल श्रेष्ठ, कोषाध्यक्षमा पुजा बन्जाडे, सदस्यहरुमा बसन्ता बन्जाडे, अर्जुन पौडेल, कविता घिमिरे, मुकुंद घिमिरे, रिता भन्डारी लगायत रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथी नेपालि कंग्रेसका भुमिकास्थान संयोजक खिम कुमार श्रेष्ठ, विशिष्ट अतिथी नेपालि कंग्रेसका भुमिकास्थान सचिव मुकुन्द खनाल, नेविसंघका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, नेविसंघका उपाध्यक्ष नेत्र मरासिनी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सुशिल बेल्वासेको अध्यक्षता र अमृत पौडेलको संचालनमा सम्पन्न भएको हो ।
यस्तै शितगंगा नगरपालिकाले पनी आफ्नो प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ । दिपिका बेल्बासेको अध्यक्षतामा ३१ सदस्य सितगंगा नगरसमिति गठन गरिएको छ । नगर अबिधेशनमा नेपाली कांग्रेका जिल्ला सदस्य कुमारसिह बेल्बासे, मोती बेल्बासे , नेपाल बिद्याथी संघ अर्घाखाँचीको अध्यक्ष युबराज पाण्डे , नेपाल बिद्यार्थी संघका महाधिबेन प्रतिनिधि प्रदिप घर्ती मगर, चन्द्रमणि बेल्बासे, कमल ढकाल , दामोदर अधिकारी , मोहन पंन्थी ,डिआर बेल्बासे, लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम कुशुम थापाको संचालनमा सम्पन्न भएको हो ।
नेपाल बिद्याथी संघको जिल्ला अधिबेशन यहि पुस ९ गते सन्धिखर्कमा हुँदैछ । अधिबेशनको तयारी अन्तिमचरणमा पुगेको नेबिसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशको उद्घाटन गर्न नेबिसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महर आउने कार्यक्रम रहेको छ ।