सन्धिखर्कमा जिल्ला स्तरीय नागरिक सञ्जालको बैठक सम्पन्न

बसन्त श्रेष्ठ
पुष ७ अर्घाखाँची । पास्परिक जवाफदेहिता परियोजना सुशासन प्रबर्दनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा भएको बैठकमा बोल्ने बतmाहरुले कृषि ज्ञान केन्द्र अर्घाखाँची र स्थानीय तहहरुले कृषकहरुका लागि बितरण गर्ने बिभिन्न जातको बिउ बितरणमा पारदर्शीता नगरेको, कृषि औजार सामग्री पनि पहुँजको आधारमा बितरण गरेको, जिल्लामा औषधी पसलको अनुगमन नगरेकोले सम्बन्धित निकायको ध्यानआर्षण गराउने निर्यण गरेको छ ।
त्यस्तै निजी बिद्यालयहरुले १० प्रतिशत बिपन्न परिबारलाई छात्राबृद्धि दिनु पर्नेमा नदिएको, जिल्ला अस्पताल सन्धिखर्कले २ महिना देखि सुत्केरीहरुलाई दिइने एक हजार भतmा नदिएकाले जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र, र स्थानीयतहहरुमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसालले जानकारी दिनु भयो ।
कार्यक्रममा बाबुराम पौडेल, ठाकुर अधिकारी, गणेश खानल, नारायण भुसाल, कमल नेपाली, एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सुशासन प्रबद्र्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता र पास्परिक जवाफदेहिता परियोजना अर्घाखाँचीका अधिकृत बसन्त श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु