यात्रा अर्घाखाँची नामक डकुमेन्ट्री बिमोचन: पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै के.सी सम्मानीत

अर्घाखाँची संवाददता
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताउनु भएको छ ।
अध्यक्ष दाहालले हाम्रा भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै पनि नेपाल विश्वसामू गर्व गर्न लायक राष्ट्र बन्न सक्ने दाबी समेत गर्नुभयो । हिजो यात्रा अर्घाखाँची नामक डकुमेन्ट्री बिमोचन कार्यक्रममा बोल्दै  ‘ अर्घाखाँची जिल्लाका युवाहरुले पर्यटकीय क्षेत्रको   पहिचानबाट समृद्धि खोज्ने प्रयास गरेकोमा धन्यवाद छ ’ । 
दाहालले देशको पूर्वाधार र पर्यटन क्षेत्रको विकासका लागि पनि हाम्रा सांस्कृतिक सम्पदाहरुको पहिचानको खोजी गर्नु आवश्यक रहेको पनि बताउनुभयो ।  उक्त कार्यक्रममा जिल्लाको डकुमेन्ट्री बनाउन तथा पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै रेडियो मालारानीका स्टेशन म्यानेजर   नबिन  के.सी सम्मानीत भएका छन । 
त्यस्तै कान्तिपुर दैनिकका बिरेन्द्र के.सी , डकुमेन्ट्रीका परिकल्पनाकार नारायण खत्री , पाणिनि फिलिम प्रा.लीका गिरिराज थापा , प्रकाश भुसालल लगाएतका व्याक्तिलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रच्ण्ड र नेकपाका नेता टोपबहादुर रायमाझीले सम्मान गरेका हुन ।  नेकपाका नेता टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्ला पर्यटन गन्तव्यका साथै बिकाश निर्माणमा पनि नमुना भएको बताउनु भयो । 
 ‘ जिल्लाको सम्बृद्धि गर्नकोलागी पर्यटकीय क्षेत्रको पहिचान गर्ने र पर्यटकिय क्षेत्रहरुको पूर्बधार बिकाश गर्नु पर्दछ । लुम्बिनामा आएका पर्यटकलाई सालझण्डी सन्धिखर्क हुदै ढोरपाटन पुयाउने र पोखरा आएका पर्यटकलाई पोखरा रिडि अर्घाखाँची हुँदै सुर्खेत पुर्याउने छौ । त्यसकोलागी सड्क निर्माणको काम तिब्र गतिमा बढेको छ ।  ’ 
अर्घाखाँचीका बिभिन्न पर्यटकीय ,धार्मिक ,सांस्कृतीक मह्तवलाई समेटेर तेतीस मिनेटको बृत चित्र निर्माण गरिएको छ ।

अन्य समाचारहरु