पहिलो प्रकासित मिती: (२०७५ पौष २, सोमवार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको अमिले ठाटीकी एक महिला श्रीमानको कुट्पिटबाट मृत्यु भएको माइतीपक्षले दावी गरेको छ ।
डिभर्नाको अमिले ठाटीकी मिना सेजवाललाई गत कार्तिक २२ गते आफ्नै श्रीमान् कृष्ण बहादुर सेजवालको निर्घात कुटपिटपछि टाउकोमा रगत जमेर मृत्युु भएको माइतीपक्षले दावी गरेका हुन् । श्रीमान् कृष्ण बहादुर न्यु नेपाल बोर्डिङ स्कुल डिर्भनाका शिक्षक समेत हुन् ।
श्रीमानले बारम्बार कुटपिट र मानसिक याताना दिदा पटक-पटक पिडित आँफैले न्यायको लागि वडा अध्यक्ष धुर्ब्र आचार्यलाई उजुरी दिदा पनि वडा अध्यक्षले गम्भीर रुपमा नलिई पटक पटक मिलापत्र मै सिमित राखेको कारण मिना सेजवालको मृत्यु भएको स्थानियबासीले समेत आरोप लगाएका छन् ।
वडा कार्यालयमा दिएको पुरानो निबेदन हेर्दा यदि बेलैमा वडा अध्यक्षले मिलापत्र गर्नुको सट्टा श्रीमानलाई कानुनी कारबाही गरेका भए दिदी मिना सेजवालको मृत्यु हुने थिएन माइतीपक्षका दिदी मिरा केसी र बहिनी कल्पना केसीले बताए । यस्तै श्रीमान् कृष्ण बहादुर सेजवालले श्रीमती मिनालाई लामो समय देखि बेला – बेलामा कुटपिट गर्दै आएको बहिनी कल्पना केसीले बताईन् । साथै जिल्लाका केहि राजनीति दलहरु तथा वडा अध्यक्षको खुलेरै बचाउमा लागेको उनिहरुको आरोप छ ।
उता यस घटनामा प्रहरी प्रशासन मौन बसेको भन्दै डिभर्नाबासीहरु रुष्ट भएका छन् । पोस्टमार्टम रिपोर्ट नआउदै कुनै उजुरी नलिने प्रहरीको अडान राखेको स्थानियबासी सचिन पाण्डेले बताए । पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको थियो । साथै शब जलाइसकेको छ ।
यस्तै सामाजिक सन्जालहरुमा श्रीमान् कृष्ण बहादुर सेजवालको निर्घात कुटपिटपछि मृत्युु भएको भन्दै एकपक्षिय प्रचारबाजी तथा आरोप लगाएको देखिन्छ । यसबारेमा श्रीमान् कृष्ण सेजवालको कुनै धारणा बाहिर आएको छैन् ।
मिना सेजवालको गत मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो ।