डिभर्नाकी एक महिला मृत्‍युको घटनालाई लिएर फेसबूकमा स्टाटस लेख्ने सचिन पाण्डे काठमाण्डौबाट पक्राउ

पक्राउ परेका सचिन पाण्डे तस्बिर: फेसबूकबाट
अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर  ११ डिभर्नाको अमिले ठाटीकी एक महिला मृत्‍यु भएको घटनालाई लिएर एक युवालाई काठमाण्डौबाट पक्राउ परेका छन् ।
डिभर्नाको अमिले ठाटीकी एक महिला श्रीमानको कुट्पिटबाट मृत्‍यु भएको विषयमा फेसबूकमा स्टाटस लेखिएको कारण क्लिन काठमाडौं अभियान, असहाय बालबालिका पुनर्थापना भबन बाजुराका उपाध्यक्ष तथा सामाजिक अभियन्ता अर्घाखाँची छत्रदेब ८ अर्घातोषका सचिन पाण्डेलाई सोधपुछको निम्ति भन्दै काठमाण्डौ प्रहरीले पक्राउ गरेको हो । 
 वडा अध्यक्ष धुर्ब्र आचार्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आफू सो घटनाको बिषयमा अनभिज्ञ भएको तर आफ्नो नाम समेत जोडेर सचिन पाण्डेले आफ्नो नाम पद समेत जोडेर सामाजिक संजालमा राजनीति संरक्षण र वडा अध्यक्षबाट आरोपितलाई संरक्षण गरेको भन्दै प्रसारण गरेकोले आफ्नो मानहानी भएको भन्ने निवेदन दिएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 
पक्राउ परेका पाण्डेलाई काठमाण्डौ प्रहरीले नियन्त्रणमा लिइ अर्घाखाँची पठाएको छ ।   
सामान्य सोधपुछको लागि नियन्त्रणमा 
यस विषयमा जानकारी राख्दा सामान्य सोधपुछको लागि पाण्डेलाई नियन्त्रणमा लिइएके जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज मल्लले जानकारी दिए ।
सोधपुछकै लागि नियन्त्रणमा लिइएको हो । उनले भने वडा अध्यक्षलाई लगाएको आरोपको विषयमा हामी छानविन गर्दैछौं । 
मिना सेजवालको गत मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो । साथै डिभर्नामा शिक्षकको कुट्पिटबाट श्रीमतिको मृत्‍यु, राजनीतिक दल देखि वडा अध्यक्षले खुलेरै बचाउ गरेको आरोप लगाएको भन्दै विभिन्न संन्चारमाध्यममा समाचार आएको थियो ।
मल्लले अस्वाभाविक मृत्युको विषयमा समेत छानविन भैरहेको बताए । जिल्ला अस्पतालको पोष्टमार्टम समेत अपूर्ण आएको कारण अनुसन्धानमा समस्या देखिएको मल्लको भनार्ई छ । 
जिल्ला अस्पतालले तयार पारेको पोष्टमार्टम रिपोर्टमा अस्पतालको पर्याप्त कागजात आइनसकेका कारण मृत्युको कारण खुलाउन नसकिएको उल्लेख छ ।

अन्य समाचारहरु