अब अर्घाखाँचीमा सवारी दुर्घटना जोखिम न्यूनिकरणका लागि थप निगरानी, चेकजाँच र कारवाहीलाई तीव्र पारिने

Image result for arghakhanchi चेकजाँच

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा यातायात व्यवस्थापन तथा सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्बन्धमा बैठक बसेको छ ।  
 प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा यातायात व्यवस्थापन तथा सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्बन्धमा देहाय बमोजिम निर्णय गरेको छ ।
निर्णयहरु:
१. अर्घाखाँची जिल्लामा सार्वजनिक यातायात प्रभावकारी एवं व्यवस्थित रूपले सञ्‍चालन गर्ने सम्बन्धमा विगतमा भएका विभिन्न बैठकद्वारा गरिएका निर्णयको कार्यान्वयनको अवस्था समिक्षा गरियो ।
२. सवारी दुर्घटना जोखिमको न्यूनिकरण गर्न जिल्ला स्थित सबै यातायात व्यवसायीहरूले तत्परता देखाउने, विगतमा भएका निर्णयहरूलाई प्रभावकारी रूपमा शिघ्र कार्यान्वयन गर्ने र सो को प्रभावकारिता १ महिनाभित्र बस्ने अर्को बैठकमा पेश गर्ने ।
३. सुरक्षा निकायहरूबाट सवारी दुर्घटना जोखिम न्यूनिकरणका लागि थप निगरानी, चेकजाँच र कारवाही गर्ने ।  

अन्य समाचारहरु