अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिकको वार्ड नम्बर – ९ अर्घा घर्तीखोरबाट एक महिला बेपत्ता भएकी छिन् ।
अर्घा घर्तीखोरका सुरज खड्काकी ४३ बर्षिया श्रीमती बिश्नु खड्का पाँच दिनदेखि बेपत्ता भएकी हुन् । बिश्नु खड्का गत मङ्सिर ४ गते मङ्गलवार रातीबाट बेपत्ता भएकी हुन् । उनका दुई छोरा बिनोद खड्का र पुष्कर खड्का रहेका छन् ।
उक्त दिन छोरालाई खाना खुवाई साँझ ८:३० बजे सुत्न गएकी थिइन् ।
श्रीमान् र छोरा पुष्कर खड्का भारतको नयाँदिल्लीमा छन् । बेपत्ता भएकी बिश्नुलाई भूमिकास्थानको करौदी माईत लगायत चिनेजानेका छिमेकीकोमा खोज्दा अहिलेसम्म फेला नपर्दा परिवार चिन्तित छन् ।
परिवारले बेपत्ता बिश्नु खड्कालाई खोजिदिन प्रहरी लगायत सबैलाई अनुरोध गरेका छन् ।