प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिका सदस्यहरुले राष्ट्रिय महिला आयोगको काम प्रभावकारी नभएको गुनासो गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनीहरुले बलात्कार, घरेलु हिंसालगायतका महिलामाथि हुने शोषणका घटनामा आयोगको काम प्रभावकारी नभएको र पहुँच भएकाहरुकोमात्र उजुरी लिने गरेको आरोप लगाए ।
सांसद लक्ष्मी परियारले ७ वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म बलात्कृत भइरहनुपर्ने अवस्था रहेको भन्दै यस्ता घटनामा फरक तरिकाले जान आग्रह गरिन् ।
सांसद नारायण खतिवडाले पहुँचवालाहरुका घटनामात्र आयोगमा दर्ता बढी देखिएको भन्दै पहुँचबाहिर रहेका महिलाहरुका समस्यासम्म पुग्न सुझाव दिए ।
छलफलपछि समितिले यस वर्षदेखि सबै प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने व्यवस्था मिलाउन र तल्लो तहसम्म पहुँच विस्तार गर्न निर्देशन दिएको छ । इमेजखबरमा समाचार छ ।