श्याम घिमिरे / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । निजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन नेपाल, प्याब्सन अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दे मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेसनले गौरीशंकर ईङलिस र्र्र्र्र्र्बोिर्डङ स्कुलका प्रिनसिपल गणेश क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय प्याब्सन जिल्ला समिति अर्घाखाँचीको निर्बिरोध रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा मोहन भुसाल, सचिव कमल बेल्वासे,कोषाध्यक्ष धनिश्वर पाण्डे,सहसचिव नारायण प्रसाद खनाल र सहकोषाध्यक्षमा मिना खनाल चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा क्रमशः पवन मरासिनी, तकमान राउत,गुनाखर अधिकारी,सिद्धि भट्टराई, केशर रायमाझी रामप्रसाद श्रेष्ठ र लक्ष्मण सुनार निर्बिरोध रुपमा चयन हुनुभएको छ ।

यस अघि अधिवेसनको उद्घाटन गर्दे ५ नम्बर प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले निजि बिद्यालयहरु परीस्थीतिगत आबश्यकताले स्थापना भएको बताउदै शिक्षालाई बैज्ञानीक, आधुनिकरण र ब्यबहारीक बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । बिद्यालयमा शिक्षकहरुको जिम्मेवारीपन कमीभएको कारण सामुदायीक बिद्यालयको नतिजा राम्रो आउन नसकेको भन्दै घिमिरेले राज्यले बिद्यालयलाई जागीर खाने थलो मात्र नभई दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा स्थापित गराउनुपर्ने बताउनुभयो ।
सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले शिक्षामा लगानी अनुसार त्यसको प्रतिफल नआएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले समृद्ध नेपाल र सुःखी नेपालीकोलागी शिक्षाको बिकास अपरीहार्य रहेकोले गुणात्मक शिक्षाको आबश्यकता रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा मनतब्य राख्दै प्याब्सन ५ नम्बर प्रदेश अध्यक्ष कृष्णप्रसाद खनालले संस्थागत बिद्यालयहरुलाई राज्यले फरक ढंगबाट हेर्ने गरेको भन्दै प्याब्सनको सहभागीता बिना बनेको नितिनियम कानुन र ऐन प्याब्सनले स्वीकार नगर्ने बताउनु भयो ।