नयाँ शक्ति पार्टी नेपाल पाणीनि गाँउपालीकाको बैठक तथा भेला सम्पन्न

श्याम घिमिरे
पौष १० अर्घाखाँची । नयाँशक्ति पार्टी नेपाल पाणीनि गाँउपालीकाको बैठक तथा भेला मंगलबार सम्पन्न भएको छ ।
 भेलामा पार्टीका केन्द्रीय संरक्षक परिषद सदस्य राजु नेपाली, केन्द्रीय कार्यकारी सदस्य छन्द पन्थी,जिल्ला संयोजक गोकर्ण थापा संघिय परीषद सदस्य टोपबहादुर बलाल र पाणीनि ईन्चार्ज लिलावति पाण्डे,नेता पुष्करनाथ आचार्य लगायतको बिशेष आतिथ्यता रहेको थियो । भेलाले ५ महिना ५ काम र ५ परीणाम अभियानलाई केन्द्रीय कार्यक्रम अनुसार सन्चालन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै भेलाले बिष्णुमाँया पाण्डेको संयोजकत्वमा ५ सदस्यीय सम्बाद समिति,रेवती भट्टराईको संयोजकत्वमा १५ सदस्यीय युबा शक्ति नेपाल,सुमित्रा पाण्डेको अध्यक्षतामा १५ सदस्यीय महिला शक्ति नेपाल,केशबराज घिमिरेको संयोजकत्वमा श्रोत परीचालन समितिको गठन गरेको पार्टीले जनाएको छ ।
 
यसैबिच भेलाले टंकनाथ ज्ञबालीको संयोजकत्वमा १५ सदस्यीय वडा नम्बर २ को वडासमिति, सुरबिर नेपालीको संयोजकत्वमा वडानम्बर ३ को वडासमिति, भोजराज पौडेलको संयोजकत्वमा १५ सदस्यीय वडानम्बर १ को वडासमिति , नेत्र बहादुर सुर्यबंसीको संयोजकत्वमा वडानम्बर ७ को वडासमिति र महमद वलीको संयोजकत्वमा १५ सदस्यीय वडानम्बर ८ को वडा समितिको गठन गरेको छ । स्वही अबसरमा बिभिन्न पार्टी परीत्याग गरी नयाँशक्ति पार्टी नेपालमा धुब्रिकरण भएको पार्टीले जनाएको छ । भेला केशब राज घिमिरेको अध्यक्षता सम्पन्न भएको हो ।
शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख मणीराम पराजुलीले बिद्यालयहरुले बढी भन्दा बढी गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसर हुनुपर्नेमा जोड दिनु भयो । 
पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकालीले समाज परीबर्तनमा प्याब्सनले बिशेष ध्यानदिनु पर्ने बताउनु भयो । कार्यक्रम प्याब्सन अर्घाखाँचीका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता ईन्द्रबहादुर क्षेत्रीको स्वागत मनतब्य र मोहनराज भुसालको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु