अर्घाखाँचीडट्कम संवाददाता
पौष ११ अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकटको अनेम संघ सन्धिखर्क–२ को वडा स्तरिय प्रशिक्षण भेला नयां नेतृत्व चयन गर्दै आज चुत्राबेसीमा सम्पन्न भएको छ ।
संघकी केन्द्रिय सदस्य कल्पना पोख्रेल,जिल्ला कोषाध्यक्ष मिना वि.सी. र राष्ट्रिय जनमोर्चा सन्धिखर्क–२ का अध्यक्ष जिव नारायण खनालले सहजीकरण गर्नुभएको भेलाले उषा पुनको अध्यक्षतामा १५ सदस्यिय वडा समितिको गठन गरेको छ ।जानका बन्जाडेको अध्यक्षता,शारदा खनालको स्वागत मन्तव्य र उषा पुनको संचालनमा सम्पन्न भेलाबाट गठित महिला संघ सन्धिखर्क–२ को उपाध्यक्षमा जानका बन्जाडे,सचिव शारदा आचार्य,सह–सचिवमा रिता बन्जाडे र कोषाध्यक्षमा बिमला के.सी.चयन हुनुभएको छ ।
अनेम संघमा आवद्ध सन्धिखर्क–२ का महिलाहरुको उल्लेख्य सहभागितामा सम्पन्न भेलालाई सम्बोधन गर्दै बोल्ने बक्ताहरुले बेरोजगारी र ब्यबहारिक सचेतनाको अभावमा मुलुकमा बिभिन्न अपराधिक घटना घटिरहेको भन्दै सबैखाले समाजिक बिकृतिका बिरुद्ध एक जुट हुनुपर्नेमा जोड दिनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।